प्रेमी हत्या आरोपमा पक्राउ

सुपारी दिएर प्रेमीको हत्या
कान्तिपुर संवाददाता

धनगढी — सुपारी दिएर कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय शिवचरण रानाको हत्या गराएको आरोपमा उनकी ३० वर्षीया प्रेमिका जयन्ती चौधरी पक्राउ परेकी छिन् ।

प्रेमी हत्या आरोपमा पक्राउ

सोही ठाउँकी बासिन्दा चौधरी र राना लामोसमयदेखि प्रेमसम्बन्धमा रहेको प्रहरीको दाबी छ । रानाको शव गत शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै सडक नालामा फेला परेको थियो । उनको टाउकोमा धारिलो हतियार प्रहार गरिएको थियो ।

प्रहरीले आरोपी सार्वजनिक गरेपछि सेती प्रादेशिक अस्पतालमै रहेको रानाको शव बिहीबार परिवारले बुझेका छन् । त्यसलगत्तै मृतक रानाकी श्रीमती सगुनी रानाले जयन्तीविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक बिष्टले बताए । रानाका एक छोरा एक छोरी छन् । आरोपी चौधरी र मृतक राना दुबै विवाहित हुन् । उनीहरुबीच पहिल्यैदेखि प्रेम सम्बन्ध रहेको र पछिल्लो समयमा खटपट भएकाले चौधरीले रानाको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको प्रहरीको भनाई छ । चौधरीले भने अनुसार नभएर खटपट हुन थालेपछि आफ्नै नाता पर्ने एक युवक र ती युवकका साथीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको देखिएको डिएसपीले बिष्टले बताए । संलग्न भनिएका दुवै जना फरार रहेकाले खोजी भइरहेको डिएसपी बिष्टले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७७ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?