१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ का २५ वर्षीय दिनेश दमाइ र कृष्णपुर नगरपालिका-२ बाणीका २० वर्षीय प्रकाश दमाइ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ६ ख १७६४ नम्बरको बसले विपरित दिशाबाट गएको म ३ प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका दुवैलाई उपचारका लागि महाकाली अस्पताल पुर्‍याएपनि अस्पतालले दुवैलाई मृत घोषणा गरेको डीएसपी थापाले बताए । बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७७ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?