कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

मनोज बडू

दार्चुला — अपीहिमाल गाउँपालिका–६ स्थित मज्जेमा निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान निर्माणाधिन मज्जे खोला लघुजलविद्युत आयोजनाको नहरको पर्खाल भत्किदा दुई जना कामदारको मुत्यु भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण बुझ्न इलाका प्रहरी कार्यालय लटिनाथको प्रहरी टोली प्रहरी निरीक्षक कमलबहादुर विष्ट नेतृत्वमा घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीर भागमा पर्खाल निर्माण गर्ने बेला एक्कासि पर्खाल भत्किँदा दुई जनाको ज्यान गएको स्थानीय भगतसिंह धामीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामी र मार्मा गाउँपालिका–१ पाकुका अन्दाजी ४५ वर्षीय बल्देव महरा रहेका छन् ।

प्रकाशित : फाल्गुन १, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?