१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भागरथीको न्यायका लागि बैतडीमा प्रदर्शन

तृप्ति शाही

बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि आइतबार बैतडीमा प्रदर्शनहरु भएका छन् ।
जिल्लाका विभिन्न स्थानमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् ।

भागरथीको न्यायका लागि बैतडीमा प्रदर्शन

प्रदर्शनमा उनीहरुले बलात्कारपछि भागरथीको हत्या भएको भन्दै तत्काल घटनाका दोषीहरुलाई पक्राउ गर्न माग गरे ।

जिल्ला सदरमुकाममा भएको प्रदर्शनमा शाहीलेक, गोठलापानी बजार परिक्रमा गर्दै आएको बृहत र्‍याली जिल्ला प्रशासन कार्यालय गढी बाहिर आएर नाराबाजी गर्दै कोणसभामा परिण्णत भएको थियो । उनीहरुले ‘जवाफ चाहियो सरकार, किन बढ्यो बलात्कार ?', 'हत्यारालाई फाँसी दे, हत्या हिंसा कहिलेसम्म ? हामी चुप जहिलेसम्म' लगायतका नारा लगाएका थिए । टाउको र पाखुरामा कालो पट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायका लागि आग्रह गरे ।

घटनाका दोषी पक्राउ नपरुन्जेल आफ्ना प्रदर्शनका कार्यक्रमहरु जारी रहने प्रदर्शनमा सहभागी जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् ।

यस्तै जिल्लाको पाटन नगरपालिकामा पनि भागरथीको न्यायको लागि विद्यार्थी र स्थानीय सडकमा आएका थिए ।

प्रकाशित : माघ २५, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?