कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बैतडीमा १७ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार

एक पक्राउ, एक फरार
तृप्ति शाही

बैतडी — बैतडीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका हुन् ।

बैतडीमा १७ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार

घटनामा संलग्‍न अर्का एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत पुस १५ गते घरमै बसिरहेकी ती किशोरीलाई २ जना युवाले सामूहिक बलात्कार गरेर फरार थिए । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २९, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?