कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

संसद्‌ विघटनको विरोधमा धनगढीमा बयलगाडा प्रदर्शन

मोहन बुढाऐर

धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा बयलगाडा प्रर्दशन गरिएको छ ।

संसद्‌ विघटनको विरोधमा धनगढीमा बयलगाडा प्रदर्शन

नेकपा दाहाल–नेपाल समूह निकटको अनेरास्ववियु कैलालीले धनगढी बजारको मुख्यमार्ग क्याम्पस रोडदेखि पार्कचोकसम्म बयलगाडा र्‍याली निकालेको हो ।

प्रधानमन्त्री ओलीले जनआन्दोलन–२ मा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै उनीहरुले बयलगाडा प्रदर्शन गरेका हुन् ।

कोणसभामा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीले गणतन्त्र ल्याउँदै गर्दा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेका थिए । अहिले पनि संसद् पुन:स्थापनाको आन्दोलनलाई समेत त्यसैगरी नजरअन्दाज गरेकोले संसद् पुन:स्थापना भएरै आन्दोलन रोकिने बताए ।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियुले आइतबार देशका विभिन्‍न जिल्लामा बयलगाडा प्रदर्शन गरेको हो ।

प्रकाशित : पुस २६, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?