कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

एक्स्काभेटर दुर्घटनामा एक जनाको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा एक्स्काभेटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका—३ ठूलाखोलामा भएको दुर्घटनामा चालकको मृत्यु भएको हो ।

एक्स्काभेटर दुर्घटनामा एक जनाको मृत्यु

कैलालीको निगाली घर भएका २५ वर्षका चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

क्रसर मेसिन अनलोड गर्ने क्रममा बा २ क २०६ नम्बरको एक्स्काभेटर पल्टिन पुगेको र चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

शनिबार दिउँसो दुर्घटना भएको उनले बताए ।

एक्स्काभेटर सडकबाट करिब ३० मिटर तल छ । घटनाको थप अनुसन्धानका भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : पुस १८, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?