२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा बोगटी

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा पुनः शंकर बोगटी निर्विरोध निर्वाचित भएका छन् ।

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा बोगटी

शनिबार दिपायलमा सम्पन्न प्रदेश समितिको दोस्रो चुनावी अधिवेशनले अध्यक्षमा बोगटीसहित एसोसिएटबाट उपाध्यक्षमा अनिल भुजनिया र जिल्ला तथा नगर उपाध्यक्षमा रामबहादुर भण्डारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा दानबहादुर सुर्माली चयन भएका छन् । एसोसियट सदस्यमा शंकर खडका, बस्तुगततर्फ लोकराज भट्ट जिल्ला तथा नगर समितिबाट सदस्यहरुमा महेन्द्र सिंह, पदम चौलागाई, लिलामणी पन्त, गोपालबहादुर कार्की र वीरबल विक निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि कञ्चनपर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज पाण्डेयले आफ्नो उम्मेदवारी घोषणा फिर्ता लिएका थिए । १३ जनाको कार्यसमितिमा २ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । प्रदेश समितिमा जिल्ला र नगर समितिबाट १५, एसोसिएटबाट ३८ र बस्तुगतबाट १ गरी कूल ५४ मतदाताहरु रहेका छन् ।

प्रकाशित : पुस ११, २०७७ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?