कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

धनगढीमा प्रधानमन्त्री ओलीविरुद्ध राँके जुलुस

अर्जुन शाह

धनगढी — संघीय संसद् विघटन गरेको विरोधमा नेकपा (दहाल–नेपाल) निकट विद्यार्थी संगठनका युवाहरुले बिहीबार साँझ धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् ।

धनगढीमा प्रधानमन्त्री ओलीविरुद्ध राँके जुलुस

धनगढीमा रहेको पार्टी कार्यालयदेखि एलएन चोकसम्म उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका हुन् ।

संसद् विघटन गरिएको विरोधमा पछिल्ला दिनमा धनगढीमा लगातार प्रदर्शन हुँदै आएको छ ।


प्रकाशित : पुस ९, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?