विद्यालय खुलेको ६ दिनमै बन्द

भवानी भट्ट

महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ । विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको हो । 

महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो । सोमबारदेखि पुन: बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । ‘विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएनन,’ उनले भने, ‘विद्यार्थीको चाप पनि बढी छ, त्यही भएर जोखिम निम्तिनुभन्दा विद्यालय नै बन्द गर्‍यौं ।’

उक्त विद्यालयमा १६ सय बढी विद्यार्थी छन् । अब माथिल्लो कक्षाका विद्यार्थीलाई अनलाइनबाट पठनपाठन गरिने उनले बताए । विद्यालयका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । उनलाई विद्यालय खुल्नुभन्दा अघि नै संक्रमण देखिएको हो ।

प्रकाशित : मंसिर २९, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?