कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

१० किलो चरेससहित एक पक्राउ

तृप्ति शाही

बैतडी — बैतडी प्रहरीले १० किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धानुक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

१० किलो चरेससहित एक पक्राउ

उनलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको उनले बताए ।

झोलामा चरेस बोकेर पैदल यात्रा गरिरहेको बेला बिहीबार राति ११ बजेतिर पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट उनी पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १९, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?