२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सेती अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार गौरीगंगा नगरपालिका– ७ की ७४ वर्षीया महिलाको शुक्रबार बिहान साढे दस बजे मृत्यु भएको हो । कात्तिक २९ गते कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मृगौला पीडित उनमा कोरोनाको कारण श्वासप्रशासनमा समस्या देखिएको थियो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

धनगढी उप–महानगरपालिका–५ का ५५ वर्षीय अर्का पुरुषको दिउँसो साढे १२ बजे मृत्यु भएको छ । उनलाई २५ गते कोरोना पुष्टि भएको थियो । मधुमेह पीडित उनलाई पनि कोरानाको कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको पनि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट हालसम्म ३६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?