सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

मोहन बुढाऐर

धनगढी — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बुधबार बेलुकी भर्ना गरिएका गोदावरी–४ का ७४ वर्षीय पुरुषको राति साढे १२ बजेतिर मृत्यु भएको हो ।

सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

मधुमेहबाट पीडित ती व्यक्तिलाई घरमा एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पताल ल्याइएको थियो । त्यही क्रममा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


प्रकाशित : मंसिर ४, २०७७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?