डोटीको केआईसिंह गाउँपालिकामा सुपथ मूल्यको पसल सञ्चालन

मोहन शाही

डोटी — चाडपर्वका बेला चर्को महँगीबाट राहत दिन डोटीको केआईसिंह गाउँपालिकाले शुक्रबारबाट सुपथ मूल्यको सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

डोटीको केआईसिंह गाउँपालिकामा सुपथ मूल्यको पसल सञ्चालन

वडा नं ६ र ७ मा सृजनशील महिला बहुउद्देश्यीय सहकारी संस्थामार्फत गाउँपालिकाले नुन र चिनीलगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्न सुरू गरेको वडा नं ७ का वडाध्यक्ष हर्कबहादुर बिष्टले जानकारी दिए ।

जनप्रतिनिधि निर्वाचित भएदेखि गाउँपालिकाले वर्षेनी दसैंतिहार लक्षित नुन र चिनीमा अनुदान दिएर सहकारी पसल सञ्चालनमा ल्याइरहेको छ । गाउँपालिकाले यो वर्ष ५ हजार घरधुरीलाई सुपथ मूल्यको सहकारी पसलमार्फत अनुदानमा नुन र चिनी उपलब्ध गराइरहेको छ । प्रति परिवारलाई प्रति केजीको ६० रुपैयाँमा चिनी र प्रतिकिलो ८ रुपैयाँमा नुन दिँदै आएको छ ।

शुक्रबार सहुलियत मूल्यमा चिनी पाएपछि केआईसिंह–६ की राधा बलायरले खुसी ब्यक्त गरिन् । उनले गाउँपालिकाको सुपथ मूल्यको पसलबाट राहत मिलेको बताइन् । ‘हामीलाई प्रत्यक्ष फाइदा पुगेको छ’, उनले भनिन् ‘साँझ बिहानको छाक टार्न मुस्किल भएको परिवारलाई त झनै राहत मिलेको छ ।’

प्रकाशित : कार्तिक २९, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?