कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

धनगढीमा एक कोरोना संक्रमितको मृत्यु

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार बिहान ५ बजे एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनगढीमा एक कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–१६ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई कात्तिक २२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालमा २३ गते भर्ना गरिएको थियो । उनी ब्लड क्यान्सर पीडित थिए ।

योसँगै कैलालीमा मृत्यु हुने संक्रमितको संख्या १७ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या हालसम्म ३१ पुगेको छ । कोरोना संक्रमितको संख्या १० हजार ४ सय ५ जना रहेको छ । जसमध्ये ८ हजार ७ सय ७७ निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ९८ जना रहेको छ ।

प्रकाशित : कार्तिक २९, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?