कोरोना संक्रमित बन्दी कारागारबाट भागे

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला कारागार बझाङको आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित बन्दी फरार भएका छन् । नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य प्रविन धामी कारागारबाट भागेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमित बन्दी कारागारबाट भागे

उनी बुधबार बिहान कारागारको आइसोलेसन भवनबाट भागेका हुन् । उनी बिहान ६ बजेतिर कारागारबाट भागेको प्रहरीले जनाएको छ । कात्तिक १५ गते धनगढीबाट पक्राउ परेका उनको १७ गते गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुर गरेको अभियोगमा जिल्ला अदालत बझाङले उनलाई २ लाख २५ हजार धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेर उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

धामीको खोजीका लागि जिल्लाका विभिन्न ठाउँमा अस्थायी चेकपोस्ट खडा गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रूपक खड्काले बताए ।

प्रकाशित : कार्तिक २६, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?