२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चितुवाको आक्रमणबाट बैतडीकी किशाेरीको मृत्यु

तृप्ति शाही

बैतडी — चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–४ की माया महता रहेकी छिन् ।

सोमबार दिउँसो साढे दुई बजेतिर घरभन्दा पारी डडल्धुराको भागेश्वर गाउँपालिकाको मर्मागाड जंगलमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको र घटनास्थलमै ज्यान गएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । उनका अनुसार शिवनाथ र डडेल्धुरकाको भागेश्वर वारीपारी भएकोले घाँसदाउरा गर्न यताका स्थानीय उतै जाने गरेका छन् । ठूलो जंगल पर्ने भएकोले स्थानीयहरु त्यहाँ जाने गरेका उनले बताए ।

बैतडीकी महिला भएपनि घटना डडेल्धुराको क्षेत्रमा पर्ने भएकोले उतैको प्रहरीले हेर्ने बैतडी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

खबर आएको र प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

आइतबार पनि त्यही जंगलमा डडल्धुराका १२ वर्षका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो।

प्रकाशित : कार्तिक २४, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?