३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

स्थानीय प्रशासनले कब्रिस्तान खोल्यो

मोहन बुढाऐर

धनगढी — जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय मुस्लिम समुदायलाई कब्रिस्तानमै अन्तिम संस्कार गर्न दिने अनुमति दिएको छ ।

स्थानीय प्रशासनले कब्रिस्तान खोल्यो

धनगढी–१ मा रहेको कब्रिस्तानमा बिहीबार एक जना कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको दबाबमा धनगढी–१ वडा कार्यालयले कब्रिस्तान सिल गरेको थियो । कब्रिस्तान सिल गर्दा शुक्रबार १ वडाका ५० वर्षीर्ये मोहमद जमसदको अन्तिम संस्कार रोकिएको थियो ।

मोहमदको अन्तिम संस्कार रोकिए पछि शनिबार बिहान स्थानीय मस्लिम समुदाय विरोधमा उत्रेका थिए । आफनो धार्मिक परम्परा अनुसार कव्रिस्तानमै अन्तिम संस्कार गर्न पाउनु पर्ने र सिल गर्न नहुने भन्दै विरोधमा उत्रेका थिए ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले स्थानीयको समस्यामाथि पछि छलफल र समाधान खोज्दै हाललाई मुस्लिम समुदायले कब्रिस्तानमा गर्दै आएको अन्तिम संस्कारको कार्यलाई रोक नलाग्ने गरी स्थानीय तहले लगाएको सिल तोडिएको बताए ।

प्रकाशित : कार्तिक १५, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?