कैलालीमा एक युवकको हत्याको आंशकामा तीन जना पक्राउ

गणेश चौधरी

टीकापुर — लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमिल्सिनाको हत्या भएको आशंका गरिएको छ ।

कैलालीमा एक युवकको हत्याको आंशकामा तीन जना पक्राउ

जानकी गाउँपालिका–५ मा बिहीबार आक्रमणमा परेका तिमिल्सिनाको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भइएको हो । मृतकको टाउकोमा चोट लागेकाले हत्याको आंशका गरिएको प्रहरीले बताएको छ ।

तिमिल्सिनालाई कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले जानकी गाउँपालिका–५ का मानबहादुर चौधरी, केशव टमाटा र समीर चौधरीलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेले बताए ।

प्रकाशित : कार्तिक १४, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?