दार्चुला सदरमुकाममा थप ५० जनामा कोरोना संक्रमण- सुदूरपश्चिम - कान्तिपुर समाचार

दार्चुला सदरमुकाममा थप ५० जनामा कोरोना संक्रमण

मनोज बडू

दार्चुला — महाकाली नगरपालिकामा एकै पटक ५० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । डडेलधुरा अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा जिल्ला सदरमुकाम क्षेत्र रहेको महाकाली नगरपालिका ४ र ५ वडाभित्रका थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा दार्चुला कारागारभित्रका कैदीबन्दी तथा अन्य समुदायस्तरका कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि भएकामध्ये ३५ जना कारागारका कैदीबन्दी र १५ जना समुदायका मानिसहरु रहेका छन् ।

योसँगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई सय ५० पुगेको छ । यसअघि कारागारका दुई जनामा कोरोना देखिएको थियो


प्रकाशित : कार्तिक ५, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

सामसङको ‘बडादसैं, बिग धमाका’ को विजेता घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले हालै चाडपर्वको अवसरमा ल्याएको ‘बडादसैं, बिग धमाका’ योजनाका विजेताहरूको नाम घोषणा गरेको छ ।

सामसङ नेपालको आधिकारिक फेसबुक पेजमार्फत योजनाका विजेताको नाम घोषणा गरिएको हो । पहिलो ‘साप्ताहिक बिग धमाका’ का विजेतामा आबुँखैरेनीकी कल्पना थापा, दमौलीकी मेनुका थापा र गोरखाका राजन भट्टराई छन् ।

यो योजनाअन्तर्गत ग्राहकले बम्पर धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिकअन्तर्गत ५ वटा होन्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट२० प्राप्त गर्न सक्नेछन् ।


प्रकाशित : कार्तिक ५, २०७७ ११:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×