कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

धनगढीमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिका २ का ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्यायले  असोज १७ गते कोरोना पुष्टि भएका कोरोना संक्रमित आफ्नै घरमा शनिबार राति मृत्यु भएको बताए ।

धनगढीमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

उनका अनुसार मुखको क्यान्सरपीडित संक्रमितलाई उपचारका लागि चितवन रिफर गरिएको थियो ।

चितवन मेडिकल कलेजले भर्ना नलिएर बिरामीलाई फिर्ता ल्याइएको थियो । बिरामी होम आइसोलेनमा थिए । आइतबार शव व्यवस्थापन नेपाली सेनाले गरेको छ । उनीसँगै धनगढीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?