कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कैलालीको जुगेडामा बेपत्ता असई विकको शव फेला (अपडेट)

अर्जुन शाह

धनगढी — कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको शव आइतबार बिहान नेपाल–भारतको सीमा नदी मोहनामा फेला परेको छ ।

उनको हत्या गरी शव नदीमा फ्याँकिएको अनुमान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । ‘गस्तीमा गएका प्रहरीको तस्करसँग झडप भएको हुन सक्छ,’ उनले भने । असईसँगै बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउद भने अझै फेला परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जुगेडा धनगढीनजिकैको नेपाल–भारत सीमा क्षेत्र हो । त्यहाँस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत दस प्रहरीमध्ये इन्चार्ज विक प्रहरी जवान साउदलाई लिएर शनिबार राति मोटरसाइकलमा सीमा क्षेत्रको गस्तीमा गएको प्रहरीको भनाइ छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियास्थित सुदूरपश्चिम वाहिनीको गोताखोर टोलीसमेत मोहना नदीमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?