सुदूरपश्चिम प्रदेशसभाका सांसद भट्टलाई कोरोना संक्रमण- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम प्रदेशसभाका सांसद भट्टलाई कोरोना संक्रमण

तृप्ति शाही

बैतडी — सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बैतडीबाट निर्वाचित सांसद भट्टलाई शनिबार कोभिड-१९ पोजिटिभ देखिएको हो ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद भट्टलाई कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एकहप्ताबाट होम आइसोलेसनमा रहेका सांसद भट्टले सामान्य रुघाखोकी लागेपछि शुक्रबार स्वाब परीक्षणका लागि दिएको बताए ।

उनले भने, ‘एकहप्ता अघि गाउँघरतिर पनि गएको हुँ । पाटन नगरपालिकामा पनि गइएको थियो । त्यहाँ केहि कर्मचारीहरुलाई पनि देखियो । अनि आइसोलेसनमै बसेको थिए । परीक्षण गर्दा रिर्पोट पोजिटिभ आयो । तर अवस्था समान्यनै छ । घरमै आइसोलेसनमा बसेको छु ’

प्रकाशित : कार्तिक १, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

शक्ति र प्रेम

मोमिला

हे ईश्वर !तिम्रो अध्यक्षतामा भइरहेकोआँसुको सम्मेलनमाअचानक म हाँस्न पुगेछुमलाई क्षमा गर ईश्वर !

आज, म

हाँसोको सम्मेलनमा हाजिर छु

बाटै छेक्ने कति घाउहरूको पर्खाल

आँसुको बाढीले भत्काएर

केवल तिम्रो दर्शनार्थ

यहाँसम्म आइपुगेको छु, ईश्वर !


म त तिमीमाथि भरोसा राखेर

कतै पुगिन्छ कि भनी हिँडिरहकै छु

तर, पुग्नुको कुनै आभास छैन

हे ईश्वर !

यतिखेर म बिल्कुल शून्यमा छु, शून्यमा !

कतै तिम्रो शक्तिमा पनि

अहङ्कारको सेपले

प्रेम बिल्कुल मुर्झाएको त होइन !


हुन त तिमी पनि एक्लो छौ ईश्वर !

यसर्थ तिमीले

जगतमा विश्वास साँचेको मान्छेमै

अन्तिम भरोसा खोज्यौ


तर, यो देशले जस्तै

तिमीले पनि

शक्ति र प्रेम एकसाथ भएको मान्छे

सायद, कहिल्यै भेटेनौ !

प्रकाशित : कार्तिक १, २०७७ १४:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×