१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना संक्रमण बढेपछि दार्चुला सदरमुकाममा निषेधाज्ञा

मनोज बडू

दार्चुला — जिल्ला सदरमुकाम खलंगामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । महाकाली नगरपालिका ४ र ५ मा कन्ट्याक्ट ट्रेसिङ गरिएका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा लगाएको हो । 

महाकाली नगरपालिकाका ४ र ५ मा संक्रमित बढ्दै गएकोले संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नगरपालिका ४ को सम्पूर्ण क्षेत्र र वडा नं. ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ । बिहीबार रातिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्स्ना भट्ट जोशीले बताइन् ।

यो अवधिमा आवतजावतमा पनि पूर्ण रोक लगाइएको छ । निषेधाज्ञा अवधिभर अस्पताल, औषधि पसललगायत अन्य स्वास्थ्यसम्बन्धी निकाय र सुरक्षा निकायबाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कात्तिक २ गतेदेखि बन्द गरिने बताइएको छ ।

बिहीबार कोरोना पुष्टि भएकामध्ये १४ जना सशस्त्र प्रहरी ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सुरक्षाकर्मी, दुई जना जिल्ला कारागार दार्चुलाका कैदीहरु, तीन जना रेडक्रस दार्चुलाका र बाँकी मोहतीका स्थानीय रहेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?