१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

महाकाली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालको आईसीयूमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पताल क्षेत्र ‘सेनिटाइज’ गर्न आइतबार एक दिन मात्र सेवा बन्द गरिएको हो ।

महाकाली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

अस्पताल प्रशासनको शनिबार साँझ बसेको बैठकले ओपीडीलगायत क्षेत्रमा ‘सेनिटाइज’ गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालकी मेडिकल रेकर्डर उषा भट्टले बताइन् । उनका अनुसार असोज १५ मा भर्ना भएका बिरामीमा शनिबार साँझ संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार ओपीडीमा दैनिक डेढ/दुई सय बढी बिरामी आउने गरेका छन् ।

प्रकाशित : आश्विन १८, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?