१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान

तृप्ति शाही

बैतडी — बैतडीको पाटन विमानस्थलमा शनिबार दिउँसो परीक्षण उडान सम्पन्‍न भएको छ । समिट एअरको विमानले परीक्षण उडान गरेको हो । हालै कालोपत्रे गरिएको विमानस्थलमा गरिएको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्री माया भट्ट र सांसदहरु दामोदर भण्डारी र प्रेम आलेलगायतका टोली रहेको थियो ।

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान

शनिबार बैतडीको पाटनलगायत सुदूरपश्चिमका डोटी र बझाङ विमानस्थलमा समेत परीक्षण उडान भएका छन् ।

मन्त्री भट्टराईले हिमाली तथा पहाडी जिल्लामा सहज यातायातका लागि हवाइ सेवा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशमा ८ विमानस्थल कालोपत्रे भइसकेको जानकारी दिए । उनले छिट्टै नियमित उडान भर्नका लागि सम्बन्धित एअरलाइन्सको तालिका आउने बताएका छन् ।

२०५२ देखि बन्द रहेको बैतडी विमानस्थलको टर्मिनल भवन लगायतका पूर्वाधार जीर्ण अवस्थामा रहेकोले चाँडै टर्मिनल भवन निर्माण गरिने मन्त्री भट्टराईले बताए ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुराको कोल्टी, कैलालीमा गेटा र टीकापुर, कञ्चनपुर, अछाममा सॉफे र कमल बजार, दार्चुलाको गोकुलेश्वर, बझाङ र डोटीमा विमानस्थल रहेका छन् । हाल कैलालीको गेटा विमानस्थलबाट मात्र नियमित उडान हुने गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?