२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दत्तुमा सशस्त्रको बीओपी स्थापना

मनोज बडू

दार्चुला — भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका-९ दत्तुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ ।

दत्तुमा सशस्त्रको बीओपी स्थापना

भारतसँगको सीमामा पछिल्लो समय सशस्त्र प्रहरीको एउटा गुल्मसहित चार वटा बीओपी स्थापना भएका छन् ।

सशस्त्र प्रहरीका नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले आइतबार बीओपीको उद्घाटन गरे । उनले संगठन प्रमुखको नीति निर्देशनलाई सदैव पालना गर्न मातहतका सुरक्षाकर्मीहरुलाई देशको सीमा रक्षा गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरीको बिओपी स्थापनापछि सीमा अपराध न्यूनिकरण तथा नागरिकलाई शान्ति सुरक्षा प्रदान गरिने विश्वास गरिएको छ । दत्तुमा बीओपी स्थापना भएपछि महाकाली किनारको बेत,उडै, चुच्चै, सकार र धाप लगायतको ठाउँसम्म सुरक्षा प्रदान गरिने सशस्त्र प्रहरी बल हेडक्‍वार्टर ४४ नं. गणका गणपति नरेन्द्र बमले जानकारी दिए ।

यसअघि सशस्त्र प्रहरीको लेकम गाउँपालिका-३ लाली, मालिकार्जुन गाउँपालिका-७ जौलजिवी र ब्यास गाउँपालिका-२ को दुम्लिङमा बीओपी स्थापना गरिएको थियो ।

प्रकाशित : आश्विन ११, २०७७ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?