कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

घरघरमै स्वास्थ्य परीक्षण

गणेश चौधरी

टीकापुर — कोरोना महामारीका बेला टीकापुर नगरपालिकाको ७ नं वडा कार्यालयले आफ्ना नागरिकलाई घरमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ । 

घरघरमै स्वास्थ्य परीक्षण

स्वास्थ्य चौकीमा भिडभाड हुने र संक्रमणको जोखिम बढी हुने भएकोले घरमै स्वास्थ्यकर्मीले सामान्य जाँचका साथै स्वास्थ्य शिक्षा दिने व्यवस्था गरिएको वडाध्यक्ष रामलाल डगौरा थारुले बताए । ‘जेष्ठ नागरिक, अपांग तथा बालबालिकाहरुलाई लक्षित गरी घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेका हौं’ उनले भने, ‘अरुले अस्पतालमा गएर स्वास्थ्य जॉच गराउन सक्ने भए पनि शारीरिक रुपमा अलि कमजोर हुने भएकालाई प्राथमिकतामा राखेर सेवा संचालन गरेका हौं ।’

वडाका सबै घरमा गएर नागरिकको स्वास्थ्य समस्या बुझ्ने र सामान्य उपचारका लागि एक अनमी खटाइएको वडाध्यक्ष थारुले बताए । उनका अनुसार स्वास्थ्यलाई संविधानमा नै मौलिक हकका रुपमा व्यवस्था गरिएपछि जनताको हक कार्यान्वयनका लागि पनि यो कार्यक्रम सुरु गरिएको हो ।

घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम यो आर्थिक वर्षभरी निरन्तर सञ्चालन रहने जनाइएको छ ।

अनमी शान्ति ढुंगाना नेपालीले भनिन्, ‘घरदैलोमै स्वास्थ्य सेवा पाउँदा नागरिक खुसी छन् ।’ घरमै उपचार हुन नसक्ने खालका बिरामीलाई उपचारका लागि अस्पताल जान सल्लाह दिने गरिएको उनले बताइन् ।


प्रकाशित : आश्विन ९, २०७७ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?