गोठ हिँडेकी बालिकाको नग्न अवस्थामा शव फेला

वसन्तप्रताप सिंह

बझाङ — मस्टा गाउँपालिका–२ खिकालाकी एक बालिकाको नग्न अवस्थामा शव फेला परेको छ । बुधबार साँझ गोठमा बस्तुलाई घाँस हाल्न हिँडेकी १२ वर्षीया बालिकाको हत्या भएको प्रहरीले जनाएको छ ।

ढिलासम्म घर नआएपछि परिवारले खोजी गर्दा राति १० बजेतिर गोठनजिकैको शिवमन्दिरमा नग्न अवस्थामा शव भेटिएको हो । बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए । राति नै घटनास्थल गएको जिल्ला प्रहरीप्रमुख डीएसपी रूपक खड्काको टोली फर्किनसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।


प्रकाशित : आश्विन ८, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?