१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बिडीसहित २ जना पक्राउ

तृप्ति शाही

बैतडी — अवैध बिडीसहित बैतडी प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छली ल्याएको बिडीसहित पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–२ गराडीका ४२ वर्षीय हर्कसिंह कार्की र २६ वर्षीय कृपाराम सार्की हुन्।

बिडीसहित २ जना पक्राउ

५२ हजार पर्ने २ पेटी बिडीसहित दुवै जनालाई दोगडाकेदार गाउँपालिकाको पन्ज्युनयाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । अवैध बिडीबारे सूचना प्राप्त भएपछि गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह धामीको टोलीले दुई जनालाई नियन्त्रणमा उनले बताए ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि बिडीसहित महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?