२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बझाङमा एक्स्काभेटर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

वसन्तप्रताप सिंह

बझाङ — बझाङको बुंगल नगरपालिकामा एक्स्काभेटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । वडा नम्बर १, दहबगरमा आइतबार राति १२ बजेतिर लु १ क १२७८ नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको हो ।

बझाङमा एक्स्काभेटर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा परी बुंगल नगरपालिका १, भेरगडा बस्ने ३४ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको छ । मृतक बोहरा महेन्द्र माध्यमिक विद्यालय दहबगरको स्थायी शिक्षक हुन् । त्यस्तै बुंगल नगरपालिका ९, देउलीकोटका एक्स्काभेटर चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका १, दहबगरका २७ वर्षीय रामबहादुर बोहरा र सोही ठाउँका ५० वर्षीय प्रताप धामी घाइते भएका छन् । घाइते तीनै जनालाई गम्भीर चोटपटक लागेको र थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको एक्स्काभेटर कालंगा जलविद्युत् आयोजनाको हो । दहबगर किक्रेट मैदान नजिक सडकमा फसेको जिप निकाल्न गएको उक्त एक्स्काभेटर फसेको जिप निकालेर ऐसेली बगर क्याम्पमा फिर्ता हुने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुंगलका प्रमुख प्रहरी निरीक्षक नेत्र बोहराले बताए ।

एक्स्काभेटर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरीक्षक नेत्रबहादुर बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरीक्षक मदनसिंह धामी टोली खटिएको छ प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ५, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?