१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बैतडीमा दादुरा र रुबेलाका बिरामी भेटिए

तृप्ति शाही

बैतडी — बैतडीमा दादुरा र रुबेलाका बिरामीहरु भेटिएका छन् । जिल्लाका ३ जनामा दादुरा र रुबेला देखिएको हो । दुई बालबालिका  र एक किशोरीमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

पाटन नगरपालिका-४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले जानकारी दिए । दशरथचन्द नगरपालिका- २ का २ वर्षीय बालकमा रुबेला देखिएको उनले बताए । उनीहरुको उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

दादुरा भएका बच्चाहरुको मृत्यु हुन सक्ने सम्भावना धेरै रहेको र रुबेला गर्भवती महिलामा भएमा पेटभित्रको बच्चा अपांगता भएको जन्मिने उनले बताए शरीरमा रातो बिविरा आउने र उच्च ज्वरो यी रोगका मुख्य लक्षणहरु रहेको भट्टले बताए ।

प्रकाशित : आश्विन ४, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?