कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला पत्रकारको हत्या भएको आरोप

धनगढी — कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत २४ वर्षीया निर्मला पहराईको परिवारले उनको हत्या गरिएको दाबी गरेको छ । 

फूलबारी सामुदायिक जंगलमा झुन्डिएको अवस्थामा शुक्रबार उनी मृत भेटिएकी थिइन् । उनको आत्महत्या नभई हत्या भएको उनका दाजु विशालले शनिबार पत्रकार सम्मेलनमा दाबी गरे ।

प्रहरीले सोही रेडियोमा कार्यरत पत्रकार ललित जाग्रीलाई अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । निर्मला पाँच वर्षदेखि समाचार बाचिका थिइन् । भदौ ३१ गते बिहान ११ बजे घोडाघोडी नगरपालिका–४ जनकपुरस्थित घरबाट निस्किएकी उनी सम्पर्कविहीन थिइन् ।

असोज १ गते परिवारका सदस्यले प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य सुरु भएको थियो । शुक्रबार नै पहराईको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइए पनि शनिबारसम्म पोस्टमार्टम भएको छैन ।

प्रकाशित : आश्विन ३, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?