दार्चुलामा थप २१ जनामा कोरोना पुष्टि

मनोज बडू

दार्चुला — दार्चुलामा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दार्चुलामा थप २१ जनामा कोरोना पुष्टि

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये १९ जना पुरुष र दुई जना महिला रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । संक्रमितहरु भारतबाट फर्किएको र हाल क्वारेन्टाइनमा छन् ।

एकैदिन जिल्लाभरी २१ जनामा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?