२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बैतडी अस्पतालमा पीसीआर जाँच सुरु

तृप्ति शाही

बैतडी — बैतडी जिल्ला अस्पतालमा बिहीबार पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बिहीबार प्रयोगशाला उद्घाटन गरेका हुन् ।

बैतडी अस्पतालमा पीसीआर जाँच सुरु

प्रयोगशालामा बिहीबारबाटै कोरोना संक्रमणको परीक्षण थालिने मेडिकल ल्याब टेक्नोलोजिस्ट श्यामराज जोशीले बताए । ‘केही बेरमै एक सयवटा नमुना रन गरिनेछ,’ उनले भने, ‘दैनिक २ सयदेखि ३ सयवटासम्म स्वाब नमुना जाँच गरिनेछ ।’ जिल्लामै पीसीआर मेसिन सञ्चालनमा आएपछि अब कोरोना परीक्षणका लागि डडेल्धुरा र धनगढी स्वाब पठाउन पर्ने अवस्था हट्नेछ । बैतडीसँगै दार्चुलाका नागरिकले पनि यहाँबाट सेवा लिनेछन् ।

पीसीआर प्रयोगशाला निरन्तर राख्न सबैको सहयोग आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बरजंग सिंहले बताए । ‘बत्तीका लागि ब्याकअप छैन, तत्काल सोलार वा जेनेरेटर आवश्यक छ,’ उनले भने, ‘अस्पतालमा जनशक्ति एकदम कम छन् । यसलाई सबैले ध्यान दिएर मेसिन सञ्चालनलाई निरन्तरता दिन जरुरी छ ।’

प्रकाशित : आश्विन १, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?