कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हिरासतमा मृत्यु प्रकरण : आफन्तद्वारा दिनहुँ प्रदर्शन

धनगढी — प्रहरी हिरासतभित्र मृत्युको घटनालाई लिएर मृतकका परिवार र आफन्तले बुधबार पनि धनगढीमा प्रदर्शन गरेका छन् । उनीहरूले मुख्यमन्त्री कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।

हिरासतमा मृत्यु प्रकरण : आफन्तद्वारा दिनहुँ प्रदर्शन

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कोठाभित्र आत्महत्या गरेको भनिएका धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकको मृत्यु कुटपिटबाट भएको परिवारको दाबी छ । छानबिनबाट सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै उनीहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । विकलाई मोबाइल चोरीको अभियोगमा प्रहरीले भदौ २२ पक्राउ गरी हिरासतमा राखेको थियो । पाँचांै दिन बिहान उनले आत्महत्या गरेको खबर प्रहरीले सार्वजनिक गरेको थियो ।

भाइको अनुहारभरि घाउचोट रहेको, नाकबाट रगत बगेको र घाँटीमा चोट रहेको मृतकका दाजु रवि विकले बताए । ‘प्रहरीकै कुटपिटबाट मृत्यु भएको हो,’ उनले भने । घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गरिरहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । ‘पाँच दिनको म्याद दिएका हौं,’ उनले भने, ‘बिहीबार छानबिनको प्रगतिबारे जानकारी माग्छौं ।’

प्रकाशित : भाद्र ३१, २०७७ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?