कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सञ्‍चार गृहभित्रै पसेर कुटपिट गर्नेविरुद्ध जाहेरी

अर्जुन शाह

धनगढी — धनगढीस्थित दिनेश एफएमको कार्यालयभित्र शुक्रबार बिहान प्रवेश गरेर पत्रकारमाथि कुटपिट घटनामा संलग्नहरु विरुद्ध किटानी जाहेरी दर्ता गराइएको छ ।

सञ्‍चार गृहभित्रै पसेर कुटपिट गर्नेविरुद्ध जाहेरी

धनगढी उप–महानगरपालिका ५ बस्ने कुबेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा विरुद्ध जाहेरी दर्ता भएको हो । उनीहरुसहित १५/२० जनाको समूह विरुद्ध सार्वजनिक हितविरुद्धको कसुरमा शुक्रबार नै जाहेरी दर्ता गराइएको दिनेश एफएमका सम्पादक नवराज पनेरुले बताए ।

‘युवाहरुको समूह एक्कासी सञ्चार गृहभित्र प्रवेश गरेर हामीहरुमाथि अन्धाधुन्द प्रहार गरी कुटपिट गरेका थिए,’ स्टेशन म्यानेजर अमिता कुँवरले भनिन्, ‘समाचार तुरुन्त डिलिट गर भन्दै समाचार कक्षभित्र हमला गरे ।’ उक्त समूहले स्टेशन म्यानेजर कुँवर, प्राविधिक कल्पना सिंहमाथि दुर्व्यवहार गर्नुका साथै सहायक सम्पादक जनकसिंह विष्टमाथि कुटपिट गर्दै आफैंले फेसबुक लाइभसमेत गरेका थिए ।

दिनेश सञ्चार गृहद्वारा सञ्चालित दिनेश एफएम र अनलाइन दिनेश खबर डटकमले शुक्रबार बिहान ‘धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ शीर्षकको समाचारको विषयलाई लिएर उक्त समूहको आपत्ति थियो । ती युवाहरुले प्रहरी हिरासतमा मृतकको आत्महत्या नभइ कुटपिटबाट मृत्यु भएको दाबी गरेका थिए ।

मृतक विकलाई प्रहरीले चार दिनअघि मोबाइल चोरी मुद्दामा पक्राउ गरेको थियो । शुक्रबार विहान ९ बजेतिर आफ्नै सर्टको पासो लगाएर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयको दाबी छ ।

जिल्ला प्रहरी प्रमख एसपी अनुपम शम्सेर जबराले घटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?