२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बझाङमा ५ दिन थपियो निषेधाज्ञा

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी थप पाँच दिनको लागि निषधाज्ञा जारी गरेको छ । कोरोनाको संक्रमित बढ्दै गएपछि निषेधाज्ञा थपिएको समितिले जनाएको छ ।

यसअघि भदौ १७ गते राति १२ बजेबाट लागू हुनेगरी भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमित बढ्न थालेपछि निषेधाज्ञा थपिएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कमलराज रेग्मीले बताए ।

बझाङमा निषेधाज्ञा अवधी भर अत्यावश्यक सेवा बाहेकका सबै गतिविधी बन्द गरिएको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलहरु खुला गर्न दिइएको छ ।

हालसम्म बझाङमा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ६२ जना संक्रमण मुक्त भइसकेको र ७२ जिल्लाभरका विभिन्न आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?