कञ्चनपुरमा उच्च ज्वरोले दुई सातामा ४ जनाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको माहाकाली नगरपालिकामा उच्च ज्वरोका कारण दुई सातामा ४ जनाको मृत्यु भएको छ । उच्च ज्वरोसँगै सोतो रक्तकोषको मात्रा बढी र होस कम हुने लक्षण देखिएका बिरामीहरुको उपचारकै क्रममा मृत्यु भएको हो ।

माहाकाली नगरपालिकाको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार मृत्यु भएकामध्ये चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो । एक जनाको बाँकेको नेपालगन्ज, २ जनाको कैलालीको धनगढी र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्रमै उपचारका क्रममा मृत्यु भएको हो । ‘उच्च ज्वरोका कारण नै उनीहरुको मृत्यु भएको हो,’ प्राथमिक स्वास्थ्य केन्द्रका डा. गगनराज चौधरीले भने, ‘लक्षण हेर्दा मेनेन्जाइटिस वा इन्सेफ्लाइटिस जस्तो देखिन्छ ।’

उच्च ज्वारेका कारण ६ जनाको मृत्यु भएपनि ४ जनाको मात्रै पुष्टि भएको डा. चौधरीले बताए । अहिले पनि एक जना उच्च ज्वरोका बिरामीको केन्द्रमा उपचार भइरहेको छ । डा. चौधरीका अनुसार मृतकहरुमा ज्वरो १०४ देखि १०५ डिग्रीसम्म थियो । यसैगरि सेतो रक्तकोषको मात्रा ४ हजार देखि ११ हजारसम्म हुनुपर्नेमा २० हजारभन्दा बढी देखिएको छ । ‘मृत्युको कारण इन्सेफ्लाइटिस नै हुनुपर्छ,’ डा. चौधरीले भने, ‘परीक्षणका लागि नमुना पठाइएको छ, रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिनयता ज्वरोका बिरामी बढेका छन् । दैनिक १२० देखि १४० जनासम्म बिरामी आउने गरेको डा. चौधरीले बताए । जसमध्ये ५० प्रतिशत ज्वरोका छन् भने त्यसमा पनि १०/१५ जना उच्च ज्वरोका छन् ।

प्रकाशित : भाद्र ११, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?