कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दिपायलमा एक बैंकका कर्मचारी र प्रहरीमा कोरोना संक्रमण

मोहन शाही

डोटी — दिपायलस्थित राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत १ जना कर्मचारी र जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

दिपायलमा एक बैंकका कर्मचारी र प्रहरीमा कोरोना संक्रमण

बिहीबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत एक महिला तथा जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक महिला र २ पुरुष प्रहरीमा संक्रमण देखिएको हो ।

भदौ ३ र ४ गते परीक्षण गरिएका नयाँ १ सय ४७ नमुनाहरुमध्ये १८ नमुनाको नतिजा पोजिटिभ देखिएको हो । हालसम्म डोटीमा कोरोना संक्रमितको संख्या ८ सय १२ पुगेको छ ।

यसैबीच कोरोना संक्रमित बढ्दै गएपछि डोटीको शिखर नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । नगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबारबाट भदौ ११ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख सिताराम जोशीले जानकारी दिए ।

प्रकाशित : भाद्र ४, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?