अब डोटीमै कोरोना परीक्षण

मोहन शाही

डोटी — डोटी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापित प्रयोगशालाको मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे ।

अब डोटीमै कोरोना परीक्षण

त्यसअघि प्रयोगशालामा डडेल्धुरा र सेती अञ्चल अस्पतालमा परीक्षण भइसकेका २० वटा नमुना परीक्षणसमेत गरिएको थियो । पीसीआर मेसिन जडान गर्न सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही लगायतको टोली डोटी आएको थियो ।

डोटी अस्पतालको प्रयोगशालामा सुदूरपश्चिमका अछाम, बाजुरासम्मका स्वाब नमुना परीक्षण हुने अस्पताल विकास समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । प्रयोगशालामा एक पटकमा ९६ गरी दैनिक ७ सय नमुना परीक्षण गर्न सकिने बायोमेडिकल इन्जिनियर जय साउदले जानकारी दिए ।

चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकारले डोटी, बैतडी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : भाद्र २, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?