कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बैतडीमा स्वास्थ्यकर्मीमाथि कुटपिट

तृप्ति शाही

बैतडी — बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । पालिकाको वडा नम्बर ३ मा रहेको न्वादेउ स्वास्थ्य चौकी अर्न्तगत रहेको नाकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि स्थानीय युवाहरुले हातपात गरेका स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकले बताए ।

उनका अनुसार आइतबार साँझ एक वृद्धाको उपचार गरिरहेकी ती स्वास्थ्यकर्मीलाई दुई जना युवाहरुले अभद्र व्यवहार गर्नुका साथै हातपात गरेको धानुकले बताए ।

कान कम सुन्‍ने वृद्धासँग अलि ठूलो स्वरले बोलेर स्लाइन चढाइरहेकी उनलाई २१ वर्षीय वीरेन्द्र कुँवर र २४ वर्षीय मोहन कुँवरले हातपात गरेका हुन् । युवाहरुले बोल्ने तरिका यहि हो भन्दै गालीगलौज र अभद्र व्यवहार समेत गरेको उनले बताए । संगै रहेकी कार्यालय सहयोगी विमला कुँवरमाथि पनि उनीहरुले नराम्रो व्यवहार गरेको धानुकले बताए ।

युवाहरु विरुद्ध ती स्वास्थ्यकर्मीले कारबाहीको माग गर्दै प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छन् । अहिले पीडित र पीडक पक्ष प्रहरीचौकीमा छलफल गरिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

गालीगलौज र अभद्र व्यवहारको निवेदन दिएपछि छलफल भइरहेको र त्यहाँ टुंगोमा नलागेपछि इलाका प्रहरी कार्यालय पाटनले हेर्ने उनले बताए । ८० वर्षकी वृद्धा कान कम सुन्ने भएकाले ठूलो स्वरमा बोल्दा बिरामीको हेरचाहमा आएकाहरुले अनमी र कार्यालय सहयोगीलाई गालीगलौज र अभद्र व्यवहार गरेका प्रहरी प्रमुख अधिकारीले बताए ।

प्रकाशित : श्रावण २६, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?