१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बाजुरामा बाढीले घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता

अर्जुन शाह

धनगढी — बूढीगंगा नदीको बाढीले आइतबार राति बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको छ । बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ ।

बाजुरामा बाढीले घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता

सोही स्थानकी ६५ वर्षीया आइसेनी महत बेपत्ता भएकी हुन् । उनी वडाध्यक्ष डम्मर महतकी आमा हुन् ।

नदी बस्तीमा पसेर घर बगाएको बडिमालिकाका नगरप्रमुख पदमबहादुर बडुवालले बताए । नदीले जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइदिएको छ ।

अन्य ठाउँका झोलुंगे पुलसमेत बगेको स्थानीयले बताएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?