बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ को मठैराजमा घर माथिबाट आएको पहिरोले पुरिएर ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षका छोरा रिकेश बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

पहिरोले घरको माथिल्लो तला च्यापिँदा आमाछोराको मृत्यु भएको र तल्लो तलामा सुतेका छोरीहरु भागेर बाँच्न सफल भएको डीएसपी अधिकारीले बताए ।


प्रकाशित : श्रावण २३, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?