सवारी दुर्घटनामा प्रदेशसभा सदस्य थापा सख्त घाइते

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएकी छिन् । धनगढीस्थित बुद्ध चोकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टका अनुसार प्रदेश सांसद थापा धनगढीबाट जुगेडातर्फ जाँदै गरेका बेला पछाडीबाट अर्को मोटरसाइकलले ठक्कर दिएपछि लडेर घाइते भएकी हुन् । उनको टाउकोमा गहिरो चोट लागेको र अवस्था चिन्ताजनक रहेको कांग्रेस सांसद भरतबहादुर खड्काले बताए ।

हाल धनगढीस्थित मायामेट्रो अस्पतालमा उनको उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको सांसद खड्काले बताए । ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसकेको डिएसपी बिष्टले बताए ।

अछाम घर भएकी प्रदेशसभा सदस्य थापा कांग्रेसबाट समानुपातिक सांसद हुन् ।


प्रकाशित : श्रावण १७, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

एनआरएनएको ‘विश्व ज्ञान सम्मेलन’

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो ‘एनआरएन विश्व ज्ञान सम्मेलन–२०२०’ गर्ने भएको छ ।

संघले सरकारसँगको सहकार्यमा असोज २३ देखि २५ सम्म काभ्रेको धुलिखेलमा सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलन कोभिड–१९ ले नेपालमा पारेको प्रभाव, कोभिडपछि विश्वमा चालिएका कदम र नेपालले अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुनेछ । सम्मेलनको संयोजकमा संघका महासचिव हेमराज शर्मा र सहसंयोजक संघका आईसीसी सदस्य हरिप्रसाद दाहाल छन् । संघले सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसन आयोजना गरिनेछ ।


प्रकाशित : श्रावण १७, २०७७ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×