कञ्‍चनपुरमा अज्ञात समूहद्वारा आक्रमण : श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

रासस

कञ्‍चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए । उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । 'गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ,' प्रवक्ता थापाले भने, 'घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।'

थापाले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । 'सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ ,' थापाले भने ।

प्रकाशित : श्रावण १७, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?