२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बाढीमा बेपत्ता कैलालीका तीनै जनाको शव फेला

मोहन बुढाऐर

धनगढी — कैलालीको भजनी नगरपालिकामा बाढीले बगाउँदा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ । 

बाढीमा बेपत्ता कैलालीका तीनै जनाको शव फेला

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले भजनी–८ का २५ वर्षीय चन्द्र विक र ४० वर्षीय ईश्वरी शाहको शव पथरिया र काडा नदीको दोभान छेउमा शुक्रबार दिउँसो फेला परेको हो । ११ वर्षीया बालिका स्केल चौधरीको शव घरबाट १ किलोमिटर जनकपुर गाउँको खेतमा बिहीबार साँझ फेला परेको थियो ।

चन्द्र र ईश्वरीलाई बुधबार हुलाकी सडकबाट बाढीले बगाएको थियो । उनीसँगै बगेका दुई जनाको स्थानीयले जीवितै उद्धार गरेका थिए । बालिका चौधरीलाई आफ्नै घरभित्र पसेको बुधबारकै बाढीले बगाएर लगेको थियो ।

मंगलबारदेखि रातिदेखिको लगातारको वर्षाले कैलालीको पूर्वोत्तर क्षेत्रमा पर्ने भजनी, जोशीपुर, जानकी नगर, टिकापुर डुबानमा परेको थियो । करिब ६ हजार घर डुबानमा परेको प्रशासनले जनाएको छ । शुक्रबार पानी पर्न रोकिएपछि स्थानीय नदीमा आएको बाढीको सतह घट्दै गएको छ । उद्धार गरिएका जोशीपुर, जानकी नगर, टिकापुर क्षेत्रका बाढी पिडित घर फर्कंदै छन् । तर भजनी नगरपालिकाका १ हजार ७ सय ४५ घर परिवार अझै घर फर्कन सकेका छैनन् । उनीहरु स्थानीय विद्यालय, हुलाकी सडक र गैरसरकारी संस्थाले पहिल्यै बनाएका सुरक्षित घरमा बसेका छन् ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण १६, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?