१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दार्चुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

मनोज बडू

दार्चुला — दुहु गाउँपालिका–३ सल्लेखेतीमा मंगलबार पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । ५० वर्षीय रामदत्त जोशी र उनकी पत्नी ४५ वर्षीया इन्द्रा बेपत्ता भएका हुन् ।

जोशी दम्पती मंगलबार बिहान पौने ५ बजेतिर खसेको पहिरोमा पुरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीका अनुसार पहिरो खसेको सूचना पाउना स्थानीय ब्रह्मदेव प्रहरी चौकीको टोली घटनास्थल पुगेर बेपत्ताको खोजी गरिरहेको छ ।

घरमा सँगै रहेका जोशीका छोरा सुनील भने भागेर पुरिनबाट जोगिएका छन् । उनैले घटनाबारे प्रहरीलाई सूचना दिएका थिए । घरमाथिबाट गएको दार्चुला–तिंकर सडक भत्किएर पहिरो गएको वडाध्यक्ष लालबहादुर बमले जानकारी दिए । उनका अनुसार अहिले घरको पर्खाल मात्रै देखिएको छ । पहिरोमा एउटा भैंसी र चारवटा बाख्रा पनि पुरिएका छन् ।


प्रकाशित : श्रावण १३, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?