१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बयालपाटा अस्पतालले हटाएका कर्मचारीमध्ये स्थानीयको पुनर्बहाली हुने 

मेनुका ढुंगाना

अछाम — बयालपाटा अस्पतालले हटाइएका कर्मचारीमध्ये स्थानीयलाई पुनर्बहाली गर्ने भएको छ । आर्थिक अभावका कारण देखाउँदै अस्पतालले स्थानीयलाई मात्र पुनर्बहाली गर्न सहमति जनाएको हो । उक्त अस्पताल न्याय हेल्थ नेपालले सञ्‍चालन गरेको हो ।  

पटक पटकको बैठकपछि पुनर्बहाली गर्ने सहमति भएको कांग्रेस अछामका सभापति भरतकुमार स्वारले बताए । हटाइएका सबैलाई पुनर्बहाली गर्नुपर्ने आफूहरुको प्रयास भए पनि नसकिएको उनले बताए ।

जागिरबाट हटाइएको एक जना कर्मचारी आत्मदाह गरेको उल्लेख गर्दै फेरि पनि त्यस्तो अवस्था आउन नदिन निरन्तर आफूहरु लागि परेको नेकपाका नेता प्रकाश शाहले बताए । उनका अनुसार निकालिएका अरु कर्मचारी तनावमा थिए । अस्पतालसँगको लामो प्रयासपछि पुनर्बहाली भएको उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?