कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दार्चुलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन जना घाइते [अपडेट]

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका–८ पस्तीमा घर माथिबाट खसेको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दार्चुलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन जना घाइते [अपडेट]

पहिरोमा पुरिएर मृत्यु हुनेमा लेकम गाउँपालिका–५ का अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । उनीहरुको घरभित्रबाट शव निकालिएको हो ।

पहिरोमा पुरिएकी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनियालाई घाइते अवस्थामा उद्धार गरिएको छ । तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको अध्यक्ष धामीले जानकारी दिए ।

अध्यक्ष धामीका अनुसार घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको छ । मंगलबार ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो । पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु–भाइ हुन् ।

...


दार्चुलामा पहिरोमा पुरिएर दुई जना बेपत्ता, तीनको उद्धार

मालिकार्जुन गाउँपालिका–८ पस्तीमा घर माथिबाट पहिरो खस्दा पुरिएर दुई जना बेपत्ता छन् । एउटै घरमा रहेका तीन जनाको स्थानीय र प्रहरीले उद्धार गरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ३ बजेतिर लक्ष्मी ढोलीको घर माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका लक्ष्मी र उनका ९ वर्षीया छोरा शुभम र छोरी सोनियाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए ।

प्रहरीका अनुसार उद्धार गरिएका तीनै जनालाई समान्य चोटपटक छ । दीदीलाई भेट्न शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आएका अरुण दर्जी र मिलन दर्जीको अवस्था अज्ञात रहेको छ । उद्धारको कार्य भइरहेकोले पहिरोको क्षतिबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?